सल्यानको सिद्ध कुमाख गाउँपालिकामा गठबन्धनका उम्मेदवार पराजित, कांग्रेसका भरत गिरी निर्वाचित

0
Shares

सल्यान । जिल्लाको सिद्ध कुमाख गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका भरत गिरी विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)का साझा उम्मेदवार चित्रबहादुर चलाउनेलाई पराजित गरि गिरी अध्यक्ष पदमा विजय भएका हुन् ।

गिरीले २१७३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी गठबन्धनका साझा एवम् एकीकृत समाजवादीका उम्मेदवार चित्रबहादुर चलाउनेले १७९८ मत प्राप्त परि पराजित भएका हुन् ।

उपाध्यक्षमा भने गठबन्धन तथा माओवादी केन्द्रका रामबहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेतले २०३५ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पूर्णिमा चलाउनेले १९६३ मत प्राप्त गरिन् ।

५ वटा वडा रहेको उक्त गाउँपालिकामा वडा नम्बर १ र २ माओवादी केन्द्र निर्वाचित भएको छ भने वडा नम्बर ३,४ र ५ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

सल्यानमा तीन पालिकाको मतगणना सम्पन्न भएको छ । तीनवटै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोग सल्यानले जनाएको छ ।