बराहापोखरी गाउँपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित

0
Shares

खोटाङ ।
जिल्लाको बराहपोखरी गाउँपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका शालिकराम बन्जरा विजयी भएका छन् । नेकपा (एमाले) का गोमा मगरलाई ८५१ मतान्तरले पराजित गर्दै बञ्जरा गाउँपालिका प्रमुखमा विजयी भएका हुन्।

बञ्जराले तीन हजार १८१ मत ल्याएर विजयी हुँदा मगरले दुई हजार ३३० मत ल्याएका छन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का भूवलराज राईले दुई हजार ५९४ मत ल्याएर उपप्रमुखमा विजयी भएका छन् । राईका निकटतम् प्रतिद्वन्दी एमालेका जीवनकुमार राईले दुई हजार २९५ मत ल्याएको निर्वाचन अधिकृत कोपिला राईले जानकारी दिए ।

छ वडा रहेको यस गाउँपालिका–१ बराहपोखरीमा कांग्रेसका ढकबहादुर कार्की, २ मा माओवादी केन्द्रका पदम मगर, ३ मा एमालेका ताराकान्त राई, ४ मा कांग्रेसका सन्तोष आचार्य, ५ मा एमालेका फौदराज राई र ५ मा माओवादीका दुर्गाबहादुर राई विजयी भएका छन्।