बालेन साहकाे अग्रता कायमै, यस्ताे छ पछिल्लाे अपडेट

0
Shares

काठमाडाैं  ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् ।

राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । सोमबार आयोगले दिएको जानकारीअनुसार  शाहले ६८९३ मत पाएका छन्।

उनलाई नेकपा एमालेका केशव स्थापितले ३६४४ मत ल्याएर पछ्याइरहेका छन्। कांग्रेसकी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले दुई हजार ७८१ मत ल्याएर तेस्रो स्थानमा रहेर पछ्याइरहेकी छन् ।  यसैगरी, राप्रपाबाट उम्मेदवार बनेका कलाकार मदनदास श्रेष्ठले ५५३ मत ल्याएका छन् ।