दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेस विजयी

0
Shares

काठमाडौं ।

काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् ।

बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् ।  बस्नेतले ७ हजार २०१ र आचार्यले ५ हजार १९२ मत पाएका निर्वाचन अधिकृत अमृता भण्डारीले जानकारी दिइन् । नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा विजयी भएकी छन् । उनले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७९३ मत अन्तरले पराजित गरेकी हुन् ।