भरतपुरमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा : विजय सुवेदी ४३ मतले अगाडि, पछ्याउँदै रेणु

0
Shares

चितवन।

भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगर प्रमुखको ११ हजार २०७ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ८९९ मत प्राप्त गरेका छन् ।

यस्तै सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले भने ३ हजार ८५६ मत प्राप्त गरेकी छन् । महानगर प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललेभने एक हजार ५४८ मत प्राप्त गरेका छन् ।