केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा जसपा विजयी



खोटाङ।
खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट समिर राई विजयी हुनुभएको छ । राईले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेका कृष्णकुमार राई र नेकपा एकीकृत समाजबादीका माईतिराज राईलाई हराउँदै विजयी हुनुभएको हो ।

समिरले २ हजार २ सय ४४ मत पाउनुभएको छ । २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा पनि कांग्रेसबाट अध्यक्षमा उठेर झिनो मतले पराजित बनेको राईले यो पटक गाउँपालिका अध्यक्षमा विजय प्राप्त गर्नुभएको हो ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट अध्यक्षका उम्मेदवार माईतिराजले १ हजार ८ सय ८ मत पाउनुभएको छ । एमालेका कृष्णकुमार राईले १ हजार ७ सय ४४ मत लिनुभएको छ । कृष्णकुमार २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यस्तै, उपाध्यक्षमा नेकपा एस र जसपाका साझा उम्मेदवार(जसपाका) गुरुराज राई विजयी बननुभएको छ । राईले १ हजार ९ सय ८३ मत पाउनुभएको छ । एमालेका मैया सुनुवारले १ हजार ७ सय ६१ र कांग्रेसका राधा गिरीले १ हजार ७ सय ४५ मत लिनुभएको छ ।

वडातर्फ फेदीमा कांग्रेसबाट निरकुमार राई, दुई नम्बर खार्ताम्छामा नेकपा एसबाट मिलनकुमार राई र बासपानीमा नेकपा एसबाट तुलाराम राई वडाध्यक्षमा बिजयी हुनुभएको छ ।

यस्तै,बाक्सिलामा माओवादी केन्द्रबाट खड्ग बहादुर तामाङ, सप्तेश्वरमा माओवादीबाट हिमालभक्त राई, दिप्सुङमा कांग्रेसबाट गोपाल राई, सुङदेलमा माओवादीबाट तेजकुमार राई कोयी वडाध्यक्षमा चुनिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्