मकवानपुरको ईन्द्रसरोबरको अध्यक्षमा एमाले निर्वाचित


हेटौंडा ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देवकृष्ण पुडासैनी शर्मा विजयी भएको छन् । उनले ३ हजार ७२२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका विश्व लामाले ३ हजार ४७२ मत प्राप्त गरेका छन् ।

उनले नेपाली कांग्रेसका विश्व लामालाई हराउँदै जित हात पारेका हुन् । इन्द्रसरोबर गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा विजयी हुँदा उपप्रमुखमा एमलेकै उमाकुमारी लामाले निर्वाचित भएकी हुन् ।

यस्तै उपप्रमुखमा एमालेकी लामाले ३ हजार ७२५ मत प्राप्त गर्दा उपप्रमुखमा नेपाली कांग्रेसकी निर्मला रुम्बा ३ हजार ६५६ मत ल्याइन् । इन्द्रसरोबर गाउँपालिकाको ५ वटा वडामध्ये नेपाली कांग्रेसले ३ र नेकपा एमालेले दुईवटा वडामा जित हात पारेको छ ।