तमानखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस निर्वाचित


काठमाडौं ।

बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् । जोकलालले २७०७ मत ल्याएर  विजयी हुँदा माओवादी केन्द्रका देवबहादुर पुनले १९९५ मत प्राप्त गरेका छन् ।

यस्तै माओवादी केन्द्रबाट उपाध्यक्षमा उम्मेदवार  मिसु रसाइलीले १९५८ मत ल्याएकी छन् । कांग्रेसकै उपाध्यक्षमा उम्मेदवार  हिराकुमारी छन्त्यालले २७६८ मतका साथ विजय हासिल गरेकी छन् ।