बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहरा प्यानलसहित विजयी

0
Shares

बझाङ ।

बझाङको साइपाल गाउँपालिकाअध्यक्षमा  एमालेका मानबहादुर बोहरा विजयी भएका छन् । उनले ६७५ मत ल्याएर विजयी भएका हुन  । गठबन्धनका उम्मेदार उज्वल बोहराले ६१३ मत ल्याएर पराजित भए ।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् ।उनका प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याइन् । यस पालिकामा वडानम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी विजयी भएका छन् ।

वडा नम्बर २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडानम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन्। यस वडानम्बर ४ मा नेपाली कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडानम्बर ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका छन्।