सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा एमालेका शेर्पा विजयी


काठमाडौं ।

सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिका अध्यक्षमा एमालेका मिङ्मा छिरी शेर्पा  विजयी भएका छन्। उनले  २०२८ मत ल्याएर विजयी भएका हुन्।   उनका प्रतिष्पर्धी कांग्रेसका चुङ्ब शेर्पाले १६०९ मत ल्याए।

एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको हो ।उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पा २०२३ मतसहित विजयी भएकी छन्। उनकी प्रतिष्पर्धी कांग्रेसकी निर्मला थापा कार्की मगरले १५८२ मत पाइन्।यो विजयसँगै एमालेले यसपालिको चुनावमा अहिलेसम्म ७ पालिकामा जित हात पारेको छ।