गोसाईकुण्ड गाउँपालिका ३ मा एमालेका छिरिङ तामाङ विजयी


रसुवा ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका३ मा नेकपा एमालेको वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । एमालेका मिङमर छिरिङ तामाङले २ सय ६० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका डुक्तार तामाङले १ सय ६७ मत ल्याए ।

वडा सदस्यमा पालज्योर लामा, छेवाङ निमा तामाङ र महिला सदस्यमा सीता घले तामाङनी विजयी भएका छन् ।