बागलुङ नगरपालिका १ मा कांग्रेसका जयबहादुर विजयी



बागलुङ ।

बागलुङ नगरपालिका–१ को वडा अध्यक्षमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जयबहादुर केसी निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार दुर्गे सार्कीलाई ८ मतले पराजित गर्दै केसी निर्वाचित भएका हुन् । केसीले ४ सय ७४ मत प्राप्त गरेका छन् भने सार्कीले ४ सय ६६ मत प्राप्त गरेका छन् ।

महिला वडा सदस्यमा नेकपा एमालेका शान्तीदेवी शर्मा, दलित महिला सदस्यमा नेकपा एमालेकी टिकादेवी सार्की, खुल्ला सदस्यमा नेकपा एमालेका सोमबहादुर बोहरा र कृष्णबहादुर कार्की विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्