हुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेस विजयी


सुर्खेत ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावलले विजयी भएका छन् । उनले १ हजार ८१० मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका हुन् ।

यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह भरत विजयी भएका छन् । उनले १ हजार ८७२ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याए ।

कांग्रेस–माओवादी गठबन्धनअनुसार वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा काँग्रेसका रंगमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा कांग्रेसका भरतजंग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन् ।