झापाको कमल- १ मा कांग्रेस विजयी

0
Shares

झापा ।

झापाको कमल गाउँपालिकामा कांग्रेसले विजयी सुरुवात गरेको छ । उसले कमल- १ बाट विजयी सुरुवात गरेको हो ।

कमल-१ मा कांग्रेसका केदार कटुवालको प्यानल नै विजयी भएको छ । उनले १७८६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामबहादुर कार्कीले १०६३ मत ल्याए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धन नै अगाडि छ । ०७४ को स्थानीय तह निर्वाचनमा एमालेसँग गोलामा हारेका हुकुमसिंह राईले यसपटक सुरुवातमै फराकिलो अन्तर बनाएका छन् । वडा नम्बर १ को गणना सकिँदा १८०७ मत पाएका थिए ।

उनका प्रतिस्पर्धी एमालेका भीम राईले ११०६ मत पाएका छन् । उपाध्यक्षमा पनि गठबन्धन अगाडि छ । गठबन्धनको तर्फबाट माओवादीका पर्शुराम सुवेदीले १६३ मत ल्याएका छन् । एमालेकी प्रमिला न्यौपानेले १०१८ मतका साथ उनलाई पछ्याउँदै छिन् ।