गोरखाको माइकोट मतदान केन्द्रमा विवादपछि मतदान स्थगित



गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ माईकोट मावि ‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारी सन्जिब थापा अन्यत्र मतदान गर्न गएको विषयमा विवाद हुँदा मतदान प्रक्रिया रोकिएको छ ।

उनी आफ्नो केन्द्र छाडेर आज बिहान वडा नम्बर ५ को चन्द्रकला मावि आरुखर्क पुगेर मतदानमा सहभागी भएका थिए ।

केन्द्र छाडेर कर्मचारी आफ्नो जिम्मेवारी पूरा नगरी हिँडेको भन्दै राजनीतिक दलका नेता तथा कार्यकर्ताले विरोध जनाएपछि मतदान प्रक्रिया करिब २ बजेदेखि रोकिएको हो । मतदान पुनः सञ्चालन गर्न सर्वदलीय बैठक बसेको छ ।

प्रतिक्रिया दिनुहोस्