अछामका दुई ठाउँमा मतदान स्थगित

0
Shares

अछाम । अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ । पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो।

लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन् ।

यस्तै साँफेबगर नगरपालिका- १३ बाब्लामा पनि मतदान स्थगित भएको छ । कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो ।

मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।