पाल्पामा शान्तिपूर्ण तवरले स्थानीय निर्वाचन हुँदै

मतदाता उत्साहित १०८ वर्षीय महिलाद्धारा मतदान

0
Shares

पाल्पा  । 

पाल्पामा विहान ७ वजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान सुरु भएको छ । अहिलेसम्म जिल्लाका सवै मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान भैइ रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । यहा रहेका मतदान केन्द्रमा उम्मेदवार लगायत मतदाताले आ आफ्ना मन परेका उम्मेदवारलाई मत दिइ रहेका छन ।

जिल्लामा रहेका मतदान केन्द्रमा उम्मेदवारहरुले पनि मत दिएका छन । पाल्पाको तानसेन नगरपालिकाका प्रमुख पदका उम्मेदवार धनेन्द्रराज घिमिरे, सन्तोषलाल श्रेष्ठ, उपप्रमुख उम्मेदवार प्रतिक्षा सिँजाली लगायतदले मतदान गरिसक्नु भएको छ । यसै गरी पुर्व सांसद हरिप्रसाद नेपालले रिव्दीकोट गाउ पालिका स्थित गाउपालिका स्थित मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । यहीको मतदान केन्द्रबाट १ सय ८ वर्षीया मानकुमारी भाटले परिवारको सहयोगमा मतदान गर्नु भएको छ ।

जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १ सय १८ मतदानस्थल तोकिएका छन । जसमध्ये १६ वटा अति संवेदनशील रहेको रहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले वताउनु भएको छ । उहाका अनुसार ४५ संवेदनशील र ५७ सामान्य रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा २ सय ४७ मतदान मतदान केन्द्र कायम भएको छ । अति संवेदनशील मतदान स्थलमा सोहीअनुसार सुरक्षाकर्मीको परिचालन गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख रुक्मागत अर्यालले कुनै पनि केन्द्रमा मतदान गर्न मतदाता एकघण्टा भन्दा टाढा जानुपर्ने अवस्थाका छैनन् । ५ सय भन्दा कम मतदाता रहेका ५ मतदान केन्द्र रहेका छन् । पाल्पामा १ लाख ९९ हजा हजार ६ सय ९० मतदाता रहेका छन् । २०७४ मा १ लाख ६२ हजार २ सय ५३ मतदाता थिए । २०७४ सालको निर्वाचनमा भन्दा ३७ हजार ४ सय ३७ मतदाता यसपटक बढी छन् ।
जिल्लामा १४ वटा राजनीति दल रहे पनि नौ दलबाट मात्र उम्मेदवारी परेको छ । यसैगरी स्वतन्त्र उम्मेदवारी दिने पनि छन् । जिल्लामा सेना, प्रहरी, सशस्त्र र म्यादी गरी २ हजार सुरक्षाकर्मी खटिएका छन् भने । १ हजार ९ सय ७१ कर्मचारी जिल्लाका मतदान केन्द्रमा खटिएका छन् ।

महिलामैत्री केन्द्र:

जिल्लाका मतदान केन्द्र मध्येमा एउटा केन्द्रमा सहभागि हुने कर्मचारी लगायत प्रहरी समेत सवै महिला परिचालन गरि महिला मैत्री मतदान केन्द्र वनाइएको छ ।

तानसेन नगरपालिका वडा नं ४ स्थित मोहनकन्या माध्यमिक विद्यालयको मतदान केन्द्रमा सबै महिला कर्मचारी प्रहरी र म्यादी अर्थात सुरक्षाकर्मी पनि महिलालाई नै परिचालन गरि महिला मैत्री वनाइएको हो ।

जिल्ला प्रशासन कार्यालयकी अधिकृत रमा श्रेष्ठ र करदाता सेवा कार्यालयकी प्रमुख गीता पाण्डेय मतदान अधिकृत छन् भने सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र स्वयंसेवक पनि महिला नै खटाइएको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिनुभयो ।

पाल्पामा महिला मतदाता बढी

स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको संख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३ सय ३० महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । यहाँ एक लाख तीन हजार १० महिला मतदाता रहेका छन् भने ९६ हजार ६ सय ८० पुरुष मतदाता छन् ।

जिल्लाको १० पालिकामध्ये तिनाउ गाउँपालिकाबाहेक अन्य पालिकामा महिलाको मतदाता संख्या बढिरहेको पाइएको छ । तिनाउमा पुरुष सात हजार २ सय ४५ र महिला सात हजार १ सय ४१ छन् भने अन्य पालिकामा महिला मतदाता बढी छन् । तानसेन नगरपालिकामा एक हजार ७ सय १३, रामपुर नगरपालिकामा एक हजार ५ सय ४३, बगनासकाली गाउँपालिकामा ८ सय २९, रम्भामा ६ सय ८७, पूर्वखोलामा ६ सय ४०, माथागढीमा ३ सय ८७, रिब्दीकोटमा ३ सय ७३, रैनादेवी छहरामा १ सय ६७, तिनाउमा १ सय ४ र निस्दीमा ९३ महिला मतदाता बढिरहेका छन् ।

सबैभन्दा धेरै मतदाता तानसेन नगरपालिका र थोरै पूर्वखोला गाउँपालिका रहेका छन् । निर्वाचन कार्यालयद्वारा प्रकाशित नामावलीमा तानसेनमा ३३ हजार ७ सय ६९ र पूर्वखोलामा १३ हजार ६ सय ९८ मतदाता छन् । सबैभन्दा कम मतदाता तिनाउ गाउँपालिका–६ स्थित पाटन आधारभूत विद्यालय मतदान केन्द्रमा १ सय ८१ मतदाता रहेका छन् ।

दश पालिकामध्ये मतदानस्थल र केन्द्र सदरमुकाम तानसेनमा बढी छन् । यहाँ २२ मतदानस्थल र ४४ केन्द्र छन् भने सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा नौ मतदानस्थल र १७ केन्द्र रहेको छ । भयरहित वातावरणमा सबै मतादाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्थाका लागि जिल्लास्थित सुरक्षा निकायले पनि आन्तरिक रणनीतिक योजना तयारी गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनु भयो ।