अपरान्ह १२ बजेसम्म देशभर करिव ३५ प्रतिशत मतदान



काठमाडौं । निर्वाचन आयोगले अपरान्ह १२ बजेसम्म देशभर करिव ३५ प्रतिशत मतदान भइसकेको जनाएको छ ।  आज देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ विर्नाचन भइरहेको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ ।

आयोगले छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।

‘दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइरहेको छ । उक्त स्थानहरुमा छिट्टै मतदान सूचारु हुने अपेक्षा लिइएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्