दैलेखको ठाटीकाँधमा झडप, मतदान स्थगित



सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका-६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ । दुई पक्षबीच झडप हुँदा प्रहरी अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।

इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद शाहले बताए । स्थिति नियन्त्रण बाहिर गएपछि अहिले मतदान स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्