जोगिएला त उहाँहरुको विरासत ?


हेटौंडा  । 

करिब ५ वर्षको प्रतीक्षापछि आज शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुँदै छ । दलहरुले आ–आफ्नो घरदैलो अभियान सकाएर अन्तिम तयारी गरिरहेका छन् । मौन अवधिमा प्रत्यक्ष कार्यक्रम गरिएनन् ।

२०७४ लाई फर्केर हेर्दा स्थानीय तहको निर्वाचनमा मकवानपुरका १० वटा स्थानीय तहमा कसले कति मत प्राप्त गरेर विजय भएका थिए त ? वागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाको मेयरमा हरिबहादुर महतले २३ हजार १ सय २४ मत ल्याएर निर्वाचित हुनुभएको थियो । उपमेयर मीनाकुमारी लामाले २३ हजार ४ सय ३७ मत ल्याएर निर्वाचित हुनुभएको थियो ।

लामा यसपटक मेयरका प्रत्यासी हुनुहुन्छ ।मकवानपुरको थाहा नगर प्रमुखमा लवशेर विष्टले ९ हजार ९१ मत प्राप्त गरेर विजय हुनुभएको थियो । उपप्रमुखमा खड्कबहादुर गोपालीले ७ हजार ३ सय ७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो । विष्टले इच्छा नगरेपछि उहाँकै सहयात्री विष्णु विष्ट ‘आदर्श’ मेयरका उम्मेदवार हुनुहुन्छ ।

इन्द्रसरोवर गाउँपालिकामा जीवन लामा ३ हजार २ सय ४ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको थियो भने उपाध्यक्षमा उमाकुमारी लामाले ३ हजार १ सय ९० मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो । कैलाश गाउँपालिका अध्यक्षमा टंकबहादुर मोक्तानले २ हजार ८ सय २ मत ल्याएर निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा सुकुमाया थिङले २ हजार ८ सय मतसहित निर्वाचित हुनुभएको थियो ।

भीमफेदी गाउँपालिका अध्यक्षमा हिदम लामाले ३ हजार ८ सय ४२ मत ल्याएर निर्वाचित हुँदा उपाध्यक्षमा पार्वती रानाले ३ हजार ८ सय २ मत ल्याएर निर्वाचित हुनुभएको थियो । मकवानपुरगढी गाउँपालिका अध्यक्षमा विदुर हुमागाईले ३ हजार ८ सय १४ मत ल्याएर निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा हर्कमाया रुम्बाले ३ हजार ७ सय १७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो ।

मनहरी गाउँपालिका अध्यक्षमा एकराज उप्रेतीले ४ हजार ६ सय ४९ मत ल्याएर विजयी हुनुभएको थियो भने उपाध्यक्षमा मनिला विष्टले ४ हजार ६ सय ३१ मत ल्याएर निर्वाचित हुनुभएको थियो । वागमती गाउँपालिका अध्यक्षमा सर्केश घलानले ३ हजार २ सय २१ मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो । गाउँपालिका उपाध्यक्षमा धनमाया स्यांतानले ३ हजार १ सय ४४ मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो ।

बकैया गाउँपालिकामा अध्यक्षमा दामोदर खनालले ४ हजार ५ सय ४४ मत प्राप्त गर्नुभएको थियो भने उपाध्यक्षमा सरला बोलखेले ४ हजार ६ सय ६३ मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो । विकट राक्सिराङ गाउँपालिका अध्यक्षमा राजकुमार मल्लले ३ हजार ५ सय ३९ मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा निर्मला हिम्डुङले ३ हजार ५ सय ३५ मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो ।२०७४ सालमा निर्वाचितमध्ये अधिकांश यसपटक पनि उम्मेदवार रहेका छन् । यसपटक २०७४ को तुलनामा दलदहरुबीचको सम्बन्ध फरक रहेका कारण ५ वर्षपछि उहाँहरुको विरासत जोगिएला वा नजोगिएला, आज शुक्रबारको मतको परिमाणले देखाउनेछ ।