वर्षाका कारण हुम्लामा मतदानमा ढिलाइ


सुर्खेत ।

वर्षाका कारण हुम्लाका तीनवटा मतदान केन्द्रमा मतदानमा ढिलाइ भएको छ ।

वर्षाका कारण नाम्खा गाउँपालिकाको महावौद्ध माध्यमिक याल्वाङ, धुमछुमी आधारभुत विद्यालय भुवा कलाश, र शयम्भु आधारभुत विद्यालय बराईमा पानी परेपछि मतदान नभएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

अन्य ठाउँमा वर्षाले मतदान अवरुद्ध भएको भएपनि महावौद्ध माध्यमिक विद्यालय याल्वाङमा खाना खाएर पछि हाल्ने भनिएपछि मतदान सुरु भएको छैन ।