छानबिन कमिटीबाट विष्टद्वारा राजीनामा


काठमाडौं । 

फुटबलका पूर्व खेलाडी विदुर विष्टले लिग कमिटी र क्लब समन्वय कमिटीबाट राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकबीच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकोले छानबीन प्रभावित हुन सक्ने भन्दै राजीनामा दिएको विष्टले जानकारी गराए ।

हालै नेपाली फुटबल खेलाडी र प्रशिक्षकबीच असमझदारी भई विवाद बढ्न गएकाले एन्फाले उक्त असमझदारीका सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।