जेभियर र नाथमलाई उपाधि


काठमाडौं  ।

जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको फाइनल जित्दै जेभियरले ब्वाइजतर्फ र नाथमले गल्र्सतर्फ उपाधि उचालेका हुन् ।

जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९–५५ ले पराजित गरेको हो । विजेता टोलीका रवि पौडेलले सर्वाधिक १७ अंकको योगदान गरे । जेभियर लगातार पाँचौंपटक विजेता बनेको हो ।दोश्रो क्वार्टरको समाप्तिसम्म गोल्डेनगेट ५ अंकले अगाडि थियो । पहिलो क्वार्टरमा १८–१२ को अग्रता लिएको जेभियर दोश्रोमा ८–१९ ले पछि प-यो । तेश्रोमा २६–१० र चौथोमा २७–१४ को महत्वपूर्ण अग्रता बनाउँदै जेभियरले उपाधि सुनिश्चित ग-यो । योसँगै जेभियरले ५० हजार तथा गोल्डेनगेटले ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

गल्र्सको उपाधि भिडन्तमा झरना बज्राचार्यको १३ अंकको मद्दतमा नाथमले शुभश्रीलाई ३२–७ ले सहजै हराउँदै विजेता बन्न सफल भयो । प्रतियोगितामा नाथमको यो पहिलो उपाधिसमेत हो । विगतका चार संस्करणको उपाधि जेभियरले जितेको थियो । जेभियर पाँचौं संस्करणमा सहभागी भएन भने नाथम पहिलोपटक प्रतियोगितामा सहभागी भएको हो । नाथमले पहिलोमा १३–०, दोश्रोमा ११–१, तेश्रोमा ६–२ र चौथोमा २–४ को प्रदर्शन ग-यो । विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे ।

ब्वाइजमा जेभियरका तेन्जिङ सोनाम भुजेल र गल्र्समा नाथमकी कृषा डान्डेख्या ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले समान पाँच हजार नगद पुरस्कार पाए विजेतालाई क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठ, बीबीए निर्देशक ज्योति शेरचन, एसोसिएट डाइरेक्टर आदर्श जोशी, आर्थिक निर्देशक रमेश कुँवर र प्रिन्सिपल उदयराज पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

वैशाख २१ गतेदेखि सुरू प्रतियोगिताको ब्वाइजमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्सको राउन्ड रोविन लिगमा ४ टिम सहभागी थिए । प्रतियोगिताको प्रायेजकमा कोकाकोला, सर्भा ट्राभल्स, सम्पूर्ण प्रिन्टिङ प्रेस र ओम शान्ति टेलर्स रहेका छन् । क्वेस्टका संस्थापक निर्देशक स्व. नारायणप्रसाद श्रेष्ठको सम्झनामा क्वेस्टले प्रतियोगिता आयोजना गर्दै आएको छ ।