रसुवाको पाँचवटा गाउँपालिकामा स्थापना भएको मतदान स्थलहरूमा सिसीक्यामरा जडाज

0
Shares

रसुवा । जिल्लाको पाँच वटा गाउँपालिकामा स्थापना भएको मतदानस्थलमा सिसी क्यामेरा जडान गरिएको छ । मतदानस्थलको प्रत्यक्ष निगरानीका लागि सिसीक्यामरा जडान गरिएको हो ।

आज (सोमबार) नौकुण्ड, उत्तरगंगा, कालिका, आमाछोदिङमो र गोसाइकुण्ड गाउँपालिका समन्वय समितिमा मतगणनास्थल वनाइएको छ । मतगणना स्थलहरूमा सिसीक्यामेरा जडान गरिएको मुख्य निर्वचनको कार्यालयले जनाएको छ ।

यस पटक स्थानीय निर्वाचनमा १७ राजनीतिक दलले १ सय ४५ पदका लागि ४ सय ६७ जना चुनावी प्रतिस्पर्धा गर्दै छन् । रसुवामा पाच गाउँपालिका २७ वडा रहेका छन् ।