कतारी राजकुमारी कञ्चनजङ्घा शिखरमा



काठमाडौं । कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी बनेकी छिन् । ८ हजार ५ सय ८६ मिटर कोउचाइमा रहेको नेपाल र भारतको सीमानामा पर्ने विश्वको तेस्रोअग्लो हिमाल कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला अलथानी बनेकी छिन् ।

आफ्नोइन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरीक हुन पाएकोमा गर्व लागेको बताएकी छिन् । उनले आफ्नोपोष्टमा लेखेकी छिन् । म केही दिन विरामी भएकाले आंटेको हिमाल चढ्न सक्दिनँ की झैं लागेको थियो । तर, जम्मा दुइ दिनमै कञ्चनजङ्घाको सफल आरोहण गर्यौ ।

उनले भनेकी छिन्, हिमाल चढ्न सहज थिएन र यसले मलाई अझै हिम्मत दिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।

आफ्नो सफलताका पछाडी बलियो टिमको साथ र सहयोग रहेको पनि उनले उल्लेख गरेकी छिन् । जसमा निम्स दाइ लगायतका टिमले आफूलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्