समाजको विकास गर्छु भनेर खाडीबाट नेपाल फर्किएको हुँ : रन्जन रिमाल



गोरखा । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)बाट भीमसेन थापा गाउँपालिका वडा नम्बर–६ का वडाअध्यक्षका प्रत्यासी रञ्जन रिमालले समाजको सेवा गर्नका लागि आफू खाडीबाट नेपाल फर्किएको बताएका छन् । गोरखा अश्राङ्ग–काठमाडौं सम्पर्क मन्चले आयोजना गरेको मतदाता भेटघाट कार्यक्रममा बोल्दै उक्त वडाका अध्यक्षका प्रत्यासी रिमालले यस्तो बताएका हुन् ।

जनताको सेवाका लागि खाडीबाट गाउँमै फर्किएको उनको तर्क छ । बिनाश्रम देशको ढुकुटीमाथि रजाइ गर्ने र भ्रष्टाचारमा लिप्त हुने प्रतिनिधिका कारण अश्राङ्ग बासीको सपना अधुरै रहेको बताए ।

लामो समय खाडीमा पसिना बगाएका रिमालले अब आफ्नै समाजको लागि जनताको सेवामा समर्पित हुने बताएका छ्न् ।

समाजको नेतृत्व पुरानै भ्रष्टहरूले गरेको र विकास निर्माणका कार्यले गति नलिएको भन्दै अब समाजको नेतृत्व युवाले लिएर विकासको गतिलाई तीब्रता दिने बताए । त्यस्तै उनले अश्राङ्ग बासीको भविस्यका लागि जनताको सेवा गर्न आफू २४ सै घण्टा तत्पर रहेको बताएका छन् । यद्यपि अश्राङ्ग गोरखा सदरमुकामबाट टाढा नभए पनि यहाँको नेतृत्व बारम्बार गलत ब्यक्तिको हातमा जानुले विकास सम्भव नभएको बताए ।

भीमसेन थापा गाउँपालिका र वडाको तुलनामा अश्राङ्गले स्वास्थ्य, शिक्षा, यातायात खानेपानीलगायत भौतिक पुर्वाधार निर्माणले गति नलिएको बताउँदै यसपटकको निर्वाचनमा आफू विजयी भए अश्राङ्गका लागि कुराभन्दा काम गरेर देखाउने दाबी गरे ।

वैदेशिक रोजगारीमा लागि रिमालले दुबैमा ४ वर्ष बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्