फुटबललाई वार्षिक करोड


हेटौंडा  । 

निर्वाचनको संघारमा सत्तारूढ गठबन्धनले हेटौंडा उपमहानगरमा फुटबल विकास गर्न वार्षिक एक करोड रूपियाँ विनियोजन गर्ने घोषणा गरेको छ ।

सत्तारूढ गठबन्धनका तर्फबाट हेटौंडाको मेयर उम्मेदवार मीना लामा र उपमेयर उम्मेदवार राजेश बानियाँले फुटबल खेलाडीलाई हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमै पुगेर गरेको भेटमा यस्तो विश्वास दिलाएका हुन् ।

उनीहरूले खेलाडीको मागअनुसार बजेट आफूहरू निर्वाचित भएपछि विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । मेयर र उपमेयरका उम्मेदवार लामा र बानियाँ बुधबार बिहान मैदानमै पुगेर खेलाडीहरूसँग अन्तक्र्रिया गरेका थिए । हेटौंडा फुटबल खेलाडी उत्पादनको हिसाबले देशमै चर्चित भएका कारण आवश्यकताअनुसार बजेट विनियोजन गर्ने प्रतिबद्धता उम्मेदवारहरूले जनाएका हुन् ।

खेलाडीहरूले खेलतालिका बनाएर प्रतियोगिता गर्नुपर्ने माग गरेका थिए । उम्मेदवारद्वयले समग्र खेलक्षेत्रको विकासमा पनि आफूहरूले काम गर्ने योजना ल्याएको र त्यसलाई कुशलतापूर्वक पूरा गर्न खेलाडी, प्रशिक्षक र खेलक्षेत्रका व्यक्तित्वको सहयोग आवश्यक रहेको औंल्याएका थिए ।