राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी



न्युज अफ नेपाल, काठमाडौं ।

मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको हो ।

बेलबारी २ लालभित्तिस्थित आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा गएराति आगजनी भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । उनकाअनुसार आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

गौतमको घरको सिसिटिभीको फुटेजका आधारमा राति १ बजेर ४० मिनेटमा सुभाष पाण्डेले गाडीमा पेट्रोल छर्केर आगजनी गरेको देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्