आईजिपी नियुक्ति प्रकरण : सर्वोच्च अदालतमा एआईजी पोखरेलको रिटमाथि सुनुवाइ जारी

रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा

0
Shares

काठमाडौँ ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजिपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाइ सुरु भएको छ । हिजो (बुधत्रार)देखि सुरु भएको रिटमा आज (बिहीबार) पनि सुनुवाइ हुँदैछ ।

गत सोमबार एआईजी विश्वराज पोखरेलले सरकारले वरिष्ठतालाई मिचेर प्रहरी महानिरीक्षकमा कनिष्ठ धीरजप्रताप सिंहलाई नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ ।