एमाले उम्मेदवारको घरदैलोमा मन्त्री बुद्धिराज बज्राचार्य 

दुई दशक लामो मेयरको अनुभव साटासाट 



ललितपुर ।

नेकपा एमाले ललितपुर महानगरपालिकाको २१ वर्ष लामो   मेयरको  वागडोर सम्हालेका बुद्धिराज बज्राचार्य नेकपा एमाले ललितपुर महानगरपालिका उम्मेदारसँग घरदैलो अभियानमा सहभागी हुनुभएको छ । ८६ वर्षे बज्राचार्य बिहानैदेखि ललितपुर महानगरपालिकाको २० नम्बर वडाका विभिन्न टोलमा मत माग्दै हिड्नुभएको थियो ।

मेयरका उम्मेदवार हरीकृष्ण ब्यञ्जनकार र उपमेयर मञ्जली शाक्य,  वडाका अध्यक्षका  उम्मेदवार इन्द्रमुनि बज्राचार्य र वडा सदस्यका उम्मेदवार सहित आज बिहान  घरदैलो अभियानमा लाग्नुभएको थियो । ५ वर्ष सम्म वडा अध्यक्ष र त्यसपछि मेयरको जिम्मेवारी सम्हाल्नुभएका बज्राचार्यले एमालेलाई सहयोग गर्न घरदैलो अभियानमा सहभागी हुनुभएको हो । पूर्व मन्त्री बज्राचार्यले ललितपुर महानगरपालिकालाई सांस्कृतिक महानगर बनाउन एमालेको विजयी आवश्यक रहेको बताउनुभयो ।

भन्नुभयो–मैले हाम्रो भन्दापनि राम्रो उम्मेदवार जिताउन अभियानमा सहभागी  भएको हुँ । उहाँ वडा नम्बर २० का स्थानीयवासी हुनुहुन्छ । उहाँले पद्मावती महाविहारमा आयोजित घरदैलो अभियानमा  उहाँले आफ्नो साथ र समर्थन एमालेका उम्मेद्दारसँग रहेको बताउनुभयो । मेयरका उम्मेदवार ब्यञ्न्जनकारले ललितपुर महानगरपालिकालाई यो स्थानमा ल्याउन मन्त्रीसन्त्री एवं  दुई दशक लामो मेयरपद सम्हाल्नुभएका समाजसेवी बज्राचार्यको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । हाल उहाँ ललितपुर विकासको लागि समाजका अध्यक्ष हुनहुन्छ ।

उहाँको संस्थाको सहयोगमा महानगरभित्र करिब एक दर्जन बढी विहार र सम्पदाको पुनर्निर्माण सम्पन्न भेसकैको छ ।  उपमेयरका उम्मेदवार मञ्जली शाक्यले उहाँको साथ,सहयोग र हौसलाले निर्वाचनमा जित हासिल गर्न सकिने बताउनुभयो । भन्नुभयो–उहाँकै कारण ललितपुर महानगरको विकास भएको हो,विश्वभरबाट परिचित मन्त्रीसन्त्री बज्राचार्यकै कारण ललितपुरलाई विश्वको नजरमा सम्पदाको सहर बनाउन मुख्य भूमिका रहेको छ ।वडा अध्यक्षका उम्मेदवार इन्द्रमुनि बज्राचार्यले मन्त्रीसन्त्री बज्राचार्य कारण समग्र ललितपुरका विकास सम्भव भएको तर्क राख्नुभयो । उहाँकै प्रेरणा र महानिर्देशनबाट हामीले यो निर्वाचनमा विजयी हासिल गर्नेछौ–अध्यक्ष बज्राचार्यको भनाई छ । सो अवसरका मन्त्रीसन्त्री बज्रचार्यले मेयर, उपमेयर वडा अध्यक्ष र सदस्यलाई शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्