३५३ जना निर्विरोध निर्वाचित : एमाले पहिलो, दोस्रोमा कांग्रेस (सूचीसहित)

0
Shares

न्युज अफ नेपाल काठमाडौं ।

स्थानीय तहको निर्वाचनमा देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित छन् ।  निर्वाचन आयोगले दिएको विवरणअनुसार दलगत आधारमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेकाे छ ।

डोल्पा गाउँपालिका अध्यक्षमा एमालेबाट एकजना निर्विरोध हुँदा नेकपा एसका दुई जना निर्विरोध भएका छन् ।  वडाध्यक्षतर्फ एमाले र कांग्रेसका १४-१४ जना उम्मेदवार निर्विरोध हुँदा नेकपा एसका ६ जना र माओवादी केन्द्रका ३ जना उम्मेदवार निर्विरोध भएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार ६ जना निर्विरोध भएका छन् ।

यस्तै सदस्यतर्फ एमालेका २६ जना, कांग्रेसका ३१ जना, माओवादीका ५ जना, नेकपा एसका १२ जना र स्वतन्त्र १६ जना निर्वाचित भएका छन् ।एमालेका कूल १२३ जना उम्मेदवार निर्विरोध भएको आयोगले जनाएको छ । त्यस्तै कांग्रेसका १०१ जना, माओवादीका ५४ जना, नेकपा एसका ३४ जना निर्विरोध भएका छन् ।

प्रमुख दल कसका कति निर्विरोध

नेकपा एमाले
गाउँपालिका अध्यक्ष –१
गाउँपालिका उपाध्यक्ष –२
वडाध्यक्ष –१४
खुल्ला सदस्य –२६
महिला सदस्य –२३
दलित महिला सदस्य –५७
जम्मा –१२३

नेपाली कांग्रेस
गाउँपालिका उपाध्यक्ष –१
वडाध्यक्ष –१४
खुला सदस्य –३१
महिला सदस्य –१५
दलित महिला सदस्य –४०
जम्मा –१०१

नेकपा माओवादी केन्द्र
वडाध्यक्ष –३
खुल्ला सदस्य –५
महिला सदस्य –७
दलित महिला सदस्य –३९
जम्मा –५४

नेकपा एकीकृत समाजवादी
गाउँपालिका अध्यक्ष –२
गाउँपालिका उपाध्यक्ष –१
वडाध्यक्ष –६
खुल्ला सदस्य –१२
महिला सदस्य –७
दलित महिला सदस्य –६
जम्मा – ३४