१ सय ७० वटा वडामा दलित महिला सदस्य पद रिक्त


काठमाडौं ।

विभिन्न स्थानीय तहका १ सय ७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ । निर्वाचन आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा ती वडाहरूमा एकजना पनि दलित महिला उम्मेदवार नभएकाले पद खाली हुने अवस्था आएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३ सय ५३ पदमा एकल मनोनयन परेको भएको जानकारी दिँदै एकल मनोनयन परेकाहरू निर्विरोध निर्वाचित हुने निश्चित भए पनि घोषणा गर्न बाँकी रहेको बताउनुभयो ।केही हिमाली जिल्ला, काठमाडौं उपत्यकाका केही वडालगायतका ठाउँमा महिला उम्मेदवारको मनोनयन नपरेको हो ।