म जहाँ जान्छु, त्यहाँका जनप्रतिनिधि एमालेमा प्रवेश गर्दैछन् : अध्यक्ष ओली


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टी प्रवेशको लहर जागेको बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु जहाँ गयो त्यहींका जनप्रतिनिधि एमालेमा प्रवेश गर्न लागेको बताए ।

म जहाँ गयो त्यहींका मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन् । उनीहरूको पार्टीले राम्रो गरेको भए किन एमाले प्रवेश गर्नेथिए रु अहिले पार्टी प्रवेशको लहर नै लागेको छ, अध्यक्ष ओलीले भने ।

विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेहरू बुझेर नै आएको बताए । तपाईहरू अरु पार्टी परित्याग गरेर आउनुभएको छ । तपाईहरू बुझेरे नै आउनुभएको छ । तपाईको चेतनालाई म सलाम भन्न चाहन्छु,ओलीले भने । अहिले एमाले जुन मजबुद हालतमा छ त्यो नेताहरूले नभएर कार्यकर्ताका कारण भएको बताए ।