वडा सदस्य उम्मेदवार महिलाको मृत्यु


बुटवल । 

रूपन्देहीको मर्चवारी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय चुनावका लागि वडा सदस्य पदमा उम्मेदवार दिनुभएकी एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नंं. ३ को दलित महिला सदस्य पदका नेकपा एमालेकी उम्मेदवार कुसुमी पासीको शनिबार मृत्यु भएको हो ।

निर्वाचन अधिकृत सरोज पोखरेलले उम्मेदवारको मृत्युले निर्वाचन प्रभावित नहुने तर परिचयपत्र वितरण र सवारीसाधन अनुमतिपत्र वितरणको काम भने केही दिनलाई रोकिने बताउनुभयो । उहाँले उम्मेदवारको मृत्युको जानकारी निर्वाचन आयोगको केन्द्रमा गराइसकिएको र आयोगले नयाँ कार्यतालिका पठाएपछि सोहीअनुसार अघि बढ्ने बताउनुभयो ।