भोला थापा बने पनौती कांग्रेसको कमाण्डर

0
Shares

काभ्रे  ।

नेपाली काँग्रेसले पनौती नगरपालिकामा चुनावी अभियानको कमाण्डरको जिम्मेवारी भोला थापालाई दिएको छ । वैशाख ३० गते हुन गइरहेको निर्वाचनको लागि आइतवार विहान घोषणापत्र सार्वजनीक गर्न लागेको छ ।

नगर सभापति रामशरण भण्डारीले पनौती नगरपालिकामा मेयरको लागि उम्मेदवारी दिनु भएको छ । काग्रेस, माओवादी र समाजवादी वीच तालमेल भएको पनौतीमा नेकपा एकिकृत समाजवादीका छवि हुमागाईले उपप्रमुखमा उम्मेदवारी दिनु भएको छ ।

नगरपालिका स्थापना भए देखि नै नेकपा एमालेको पकड जमाएको पनौती नगरपालिकमा काग्रेस नेतृत्वलाई चुनाव जिताउने प्रणका साथ थापाले चुनावी कमाण्ड सम्हाल्नु भएको हो । यस पटक हामि चुनाव जित्छौं भन्दै थापाले भन्नुभयो– शनिवार सबै वडा अध्यक्षका उम्मेदवारहरुलाई आ–आफ्नो वडामा चुनाव प्रचारप्रसारलाई तिव्रता दिन आग्रह गर्नुभयो । पनौती काग्रेस भित्र थापा मेयरका आकाक्षी मध्यका एक थिए ।

उम्मेदवारको टिकट आउनु भन्दा अघिको तितामिठा सबै कुराहरु भुलेर एकतावद्ध ढंगले अघि बढ्न सबै काग्रेस कार्यकर्ताहरुलाई आग्रह गर्दै उहाले पनौती नगरमा कम्युनिष्टहरुको एकतन्त्रीय शासन अब वैशाख ३० पछि अन्त्य हुने पनि बताउनु भएको थियो ।काग्रेस भित्रको आन्तरीक विवादका कारण यस अघिको निर्वाचनमा पनौती काग्रेसले विजय प्राप्त नगरेको स्मरण गराउदै उहाले फुटेर हैन जुटेरमा जित सम्भव हुने धारणा राख्नु भएको थियो ।

नेपाली काग्रेस पनौतीको शीर्ष नेताहरुको बैठकले भोला थापालाई निर्वाचन मुल समितिको संयोजक बनाएको हो । पनौती काग्रेसको आइतवार घोषणापत्र सार्वजनीक भए लगत्तै घरदैलो अभियानमा जाने कार्यक्रम तय भएको छ ।पनौती नगरको १२ वटा वडाको ५० वटा टोलमा काग्रेसले चुनावी कार्यक्रम राखेको चुनावी कमाण्डर थापाले बताउनु भएको छ ।

पनौती काग्रेसले आर्थिक समितिको संयोजकको जिम्मेवारी राजेन्द्र पसछेंलाई दिएको छ । नगरपालिका स्थापनाको २५ वर्षै ईतिहासमा पनौती नगरमा मा पहिलो पटक विजयी हासिल गर्न काग्रेसका २ हजार ६ सय क्रियाशिल सदस्य सक्रिय रहेको संयोजक थापाले बताउनु भएको छ ।

चुनावी प्रचारप्रसारको क्रममा एमाले नेतृत्वको स्थानीय सरकारले विगत पाँच वर्षमा गरेको भ्रष्टाचार, अनियमितता, हुकुमी शासन, व्यक्तिवादी विकास लगाएतका दर्जनौ कुराहरु मतदाता समक्ष राखेको बताउदै थापाले नगरका आम मतदातालाई काग्रेस प्रति विश्वास र भरोसा गर्न आग्रह गर्नुभयो ।