यात्राको भरपर्दो सारथी ‘पठाओ’

0
Shares

काठमाडौं ।

सिर्जना पोख्रेल स्टाफ नर्स हुन् । उनी सार्वजनिक बिदा र शनिबारबाहेक अन्य दिन अस्पताल जान्छिन् । कीर्तिपुर बस्ने सिर्जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत छिन् । उनीको ड्युटी बिहान १० बजेदेखि ५ बजेसम्म हो । तर, बिरामीहरूको बढ्दो चापका कारण निर्धारित समयमा आउन र जान भ्याउँदिन भन्छिन्, उनी ।

तोकिएको समयावधिभन्दा बढी नै अस्पतालका विरामीहरूको उपचार र हेरचाह गर्नुपर्ने बाध्यताले उनी डेरामा पुग्न अबेर हुने बताउँछिन् । अस्पताल प्रशासनको गाडी तोकिएको समयावधिभन्दा अघि–पछि नगुड्ने भएकाले झन् चिन्तित हुन्छिन् । त्यसैमा राति अबेरसम्म सार्वजनिक यातायात नचल्ने, चले पनि अन्य यातायात व्यवसायीका सवारी साधनले चर्को भाडा असुल्ने पीडाले झन् प्रताडित हुन्छिन् । यद्यपि विकल्प नभएपछि उनी चर्को भाडा तिरेरै भएपनि डेरामा पुग्थिन् ।

पोख्रेललाई काठमाडौं उपत्यकामा यदाकदा पठाओ चल्छ भन्ने जानकारी त थियो । तर, उनी पठाओमा चढेकी थिइनन् । लाग्थ्यो, सहरका यातायात व्यवसायीहरूले सञ्चालन गरेका सबै सवारी साधनमा यात्रा गर्नु उस्तै त होला भनेर । एकदिन अस्पतालका विरामीहरूको उपचार गर्दागर्दै नर्स सिर्जनालाई राति साढे १० बजेको पत्तै भएन । त्यसपछि उनीलाई लाग्यो आज पनि कीर्तिपुर डेरामा पुग्न पाँच सयदेखि ७ सयसम्म भाडा तिर्नुपर्ने भो भन्दै चिन्तित् बनिन् ।

त्यसपछि उनी अस्पतालको ड्यूटी सकाएर टेकु भन्सारनजिकै पुगिन् । उनीले यताउता हेरन् । निजी सवारी साधनबाहेक सार्वजनिक यातायात छिटफुट पनि गुडेको देखिनन् । त्यसपछि लिफ्ट माग्ने सोच गरिन् । तर, संकोच मानिन् र लिफ्ट पनि मागिनन् । त्यसपछि उनलाई लाग्यो, फेरि अस्पताल फर्किन्छु । उनको मनले अस्पताल फर्किन मान्दै मानेन् । त्यसपछि के गर्ने के ? भन्ने लाग्यो ।

सोच्दै थिइन्, त्रिपुरेश्वरपट्टीबाट एकजना मोटरसाइकल गुडाउँदै नर्स सिर्जना पोख्रेलसामु पुग्यो । मोटरसाइकल चालकले विनम्रतापूर्वक सोधे, ‘हजुर कहाँ जान लाग्नु भएको हो, म्याम ?’ उनीले पनि संकोच नमानी भनिन्, ‘कीर्तिपुर जाने भनेको गाडी नै पाइन्नँ ।’ नर्स सिर्जनाको प्रश्न भुँइमा खस्न नपाउँदै ती मोटरसाइकल चालकले भने, ‘म्याम म पठाओ हो, हजुरलाई कीर्तिपुरसम्मै पुर्याइदिन्छु ।’ सिर्जनालाई विश्वास लागेन । ‘तपाईंसँग पठाओ चालकको कुनै प्रमाण छ ?’ पठाओलाई प्रश्न गरिन् । त्यसपछि उनले आफ्नो लाइसेन्स र परिचयपत्र देखाए, उनी थिए –विकुल मानन्धर । तर, पनि सिर्जनालाई विश्वास लागेन, र पुनः प्रश्न गरिन्, ‘भाडा त महंगो होला नि ?’ उनीले यो प्रश्न गर्नुको कारण प्रायः महंगो भाडा तिरेर डेरा पुग्नु परेको पीडा उनीसँग थियो । यो प्रश्न पनि भुँइमा नझर्दै उनले भने, ‘मैले तोक्ने होइन म्याम, यहीँ पठाओको मोबाइल एपले तोक्छ भन्दै मोबाइल खल्तीबाट झिकेर एप ओपन गरे ।’

एपमा सरर खुल्यो । त्यसपछि गुगल एपले नै कीर्तिपुरमा सिर्जना बस्ने पाँगा दोबाटो लोकेसन फाइन्डआउट गर्यो । र, भाडा जम्मा १ सय १२ रुपैयाँ देखायो । त्यसपछि सिर्जना निर्धक्क भएर पठाओमा चढिन् र सस्तो भाडा, छोटो समयमै छिट्टै डेरासम्म पुगिन् । त्यहीँ दिनदेखि सिर्जनाको भरपर्दो यात्राको सारथी पठाओ बनेको छ ।

त्यसैगरी अर्का उद्धव घिमिरे वन तथा वातावरण मन्त्रालयमा कार्यरत कर्मचारी हुन् । उनी कार्यालय जाँदा–आउँदा पठाओ नै चढ्छन् । उनले आफ्नो मोबाइलमा पठाओको एप डाउनलोड गरेका छन् । उनी उक्त एपमार्फत पठाओलाई बोलाउँछन् र झट्टै आएर उनलाई कार्यालयसम्म समयमै पुर्यादिन्छ ।

‘यसअघि अन्य यातायात व्यवसायीले सञ्चालन गरेका सवारी साधनमा चढ्थे । तर, महंगो भाडा तिर्दातिर्दा हैरान भए । पठाओ चढ्न थालेदेखि पैसा र समयको बचत भएको बताउँछन्,’ उद्धव । उनी भन्छन्, ‘पठाओ भरपर्दो मात्रै होइन, सस्तो पनि छ । यसमा चढ्दा चालकसँग कुनै बार्गेनिङ गर्नुपर्दैन । एपले नै कति टाढा जानुपर्ने हो, कति भाडा तिर्नुपर्ने हो, सबै बताइदिन्छ ।’

सिर्जना पोख्रेल, उद्धव घिमिरे पठाओ चड्ने प्रतिनिधि यात्रुमात्रै हुन् । उनीहरू जस्ता थुप्रैले दिनहुँ पठाओ सेवा लिइरहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा पठाओ सञ्चालनमा आएसँगै लोकप्रियता पनि हाँसिल गर्दै आएको छ । यात्रुलाई सस्तोमा समयमै गन्तव्यमा पुर्याउने भएकाले पठाओ सबैको रोजाइमा परेको हो । कार्यालयमा कार्यरत कर्मचारीदेखि शिक्षक, विद्यार्थीलगायत सर्वसाधारण मानिसहरूका माझ पठाओ निकै लोकप्रिय बन्दै ।

त्यस्तै पूर्वी नेपाल झापाका दिवेन तामाङ काठमाडौंमा पठाओ चलाउँछन् । उनी यसअघि रोजगारीको सिलसिलामा कतार पुगेका थिए । कतारमा उनले तीन वर्ष श्रम गरेर कमाएको पैसा ऋण तिर्न ठिक्क भो । ‘नयाँ घर, खेत किन्ने सपना कतारको तातो बालुवामा विलिन भयो भन्छन्,’ दिवेन ।

उनी थप्छन्, स्वदेश फर्किएको आठ महिना भयो । आठ महिनासम्म त्यतिकै वेरोजगार बसे । खाली समय घरमा के बस्नु, फेरि कतार जान्छु भनेर भिसा लगाउन काठमाडौं आएका थिए । एकजना मेरै साथीले पठाओ चलाउन सुझाव दिए । त्यसपछि पठाओको कार्यालय पुगेर मोटरसाइकल दार्ता गराए । दर्ता भएको केही दिनमा चलाउन थाले र भिसा क्यान्सील गरिदिए ।

दिवेनले पठाओ चलाउन थालेको जम्मा दुई महिना भयो । उनी सन्तुष्ट छन् । स्वदेशमै रोजगारी पाउनु आफ्ना लागि सुनौलो अवसर भएको उनी बताउँछन् । दिवेन महिनामा ३० हजारदेखि ४० हजार बढी पैसा कमाउँछन् । उनी पनि प्रतिनिधि पठाओ चालकमात्रै हुन् । उनी जस्ता सयौले पठाओ चलाएरै आफ्नो घरपरिवार चलाएका छन् ।

पठाओ नै किन रोज्ने किन ?

लोप्रिय राइडिङ एप पठाओ नेपालमा सन् २०१८ बाट सुरु भएको हो । राइडिङ सेयरिङ सेवाबाट सुरु गरिएको पठाओ ट्याक्सी सेवा सन् २०१९ बाट लागु गरिएको हो । यो सेवा निकै सुरक्षित र भरपर्दो छ । विशेषगरी यात्रुहरूको सहज, छिटो छरितो र पारदर्शीताका लागि सुरु गरिएको पठाओ कार्यालयले जनाएको छ ।

यस्ता छन् पठाओका सेवाहरू :

आममानिसको सहजताका लागि पठाओ सेवा सन् २०१८ देखि सञ्चालनमा ल्याइएसँगै सन् २०२१ देखि फुड सेवा पनि सुरु गरिएको छ । फुड सेवा सञ्चालनमा ल्याएदेखि स्थानीय रेष्टुरेन्ट, होटल व्यवसाय पनि फस्टाएका छन् । त्यस्तै राइडिङ शेयरिङ सेवा अन्तर्गत मोटरसाइकल र ट्याक्सी रहेका छन् । यी सेवा लिनका लागि एप प्रयोग गर्न पठाओले आग्रह गरेको छ ।

यस्ता छन् पठाओका विशेषताहरू :

पठाओले आफ्ना यात्रुको लागि एक लाख बराबरको मेडिकल बिमा र पाँच लाख बराबरको दुर्घटना बिमा गरेको छ । यात्रु, राइडर, क्याप्टेन र फुडम्यानलगायतको कुनै भवितव्य घटना भएमा बिमा सेवाबाट लाभ लिनसक्ने छन् । त्यस्तै ४५ मिनेटमा उपत्यकाका दुई जिल्ला काठमाडौ र ललितपुरमा फुड सेवामार्फत सेवा डेलभर्ट गर्दै आएको छ । पठाओको आफ्नै एपमार्फत लाइभ ट्र्यापिङ, लोकेसन शेयरिङको सेवा पनि उपलब्ध छ । यसले सवारी साधनको प्रयोग कम गराइ स्वस्थ र स्वच्छ वातावरण निर्माणमा अहम् भूमिका निर्वाह गर्दै आएको छ ।

पठाओले नेपालमा पुर्याएका योगदान :

यो सेवा हजारौँका लागि रोजगारीको अवसर पनि बनेको छ । स्वदेशमै केही गर्नेका लागि यो सेवा थप प्रभावकारी छ । यसले अन्य सवारी साधनमा जस्तो मोलमोलाइ (बार्गेनिङ) गर्नुपर्ने झन्झट हुँदैन । यसको सेवा सरल, सुलभ र पारदर्शी छ । नोपलमै पहिलो पटक सुरक्षित यात्राका लागि लाइभ लोकेसन शेयर, राइड शेरिङ बिमा ल्याइएको छ । घरेल उद्योग र रेष्टुरेन्टलाई पनि डिजिटल युगको यात्रामा जोडेर आमग्राहकलाई प्रविधिसँग निकट बनाउन पठाओले अहम् भूमिका निर्वाह गर्दै आएको छ ।

के छ पठाओको भावि योजना ?

पठाओले आगामी दिनमा उपत्यकाका तीनै जिल्लामा उपलब्ध सबै सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । त्यस्तै निकट भविष्यमा उपत्यकाभन्दा बाहिरी जिल्लामा पनि यो सेवा विस्तार गर्नेछ । त्यसका लागि पठाओले तत्काल आफ्नो रणनीतिक अभ्यास थाल्ने मार्केटेङ म्यानेजर सूचना हमालले बताइन् ।