‘पनौतीमा प्रजातन्त्र आएको छैन, हुकुमी शासन छ’

0
Shares

काभ्रे, पनौती । 

पनौती नगरपालिकामा गठबन्धन दलको तर्फबाट प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका रामशरण भण्डारी र छवि हुमागाईले पनौती नगरमा प्रजातन्त्र नआएको र हुकुमि शासन कायम रहेको बताएका छन् । आफुहरु जनताको मालिक हैन नोकर बन्न उम्मेदवारी दिएको उहाहरुले बताउनु भएको छ ।

पनौती नगरको विकासमा मुख्य बाधक नेकपा एमाले भएको बताएका छन् । पनौतीमा नगरपालिका स्थापना भएदेखि अहिलेसम्म कार्यकारि भुमिकामा पुगेको एमालेले भ्रष्टाचार र अनियमितता बाहेक अहिले सम्म केहि गर्न नसकेको पनि उहाँहरुले बताउनु भएको छ ।शुक्रवार पनौतीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली काग्रेस पनौती नगरपालिकाका मेयरका उम्मेदवार भण्डारीले भन्नुभयो– एमालेले यो गरे त्यो गरे भनेर फेरी जनतालाई झुक्याउने प्रयत्न गर्दै छन । ‘पनौती नगरको समग्र विकासको लागि शुन्य बाटै काम गर्नुपर्ने छ’ भण्डारी भन्नुहुन्छ– एमाले नेतृत्वले यहाको स्रोत साधनको चरम दुरुपयोग गरेका छन् ।

एमालेको व्यक्तिवादी प्रवृति विरुद्ध गठबन्धनले उम्मेद्वारी दिएको भन्दै उपप्रमुखका लागि नेकपा एकिकृत समाजवादीका उम्मेदवार हुमागाई पनि आफुहरु निर्वाचित भए राजनीतिक पुर्वाग्रह नराखि समग्र नगरको हितको लागि काम गर्ने बताउनुहुन्छ । लामो समय प्राध्यापन पेशा र वित्तिय क्षेत्रमा कार्य गरेको अनुभव बटुलेका उपप्रमुखका उम्मेदवार हुमागाई पनौती नगरपालिका भित्र आर्थिक सुशासन कायम राख्ने कुरामा आफुहरु प्रतिवद्ध रहेको पनि बताउनु भएको छ ।

पनौती नगरको लागि आइतवार सम्म प्रतिवद्धता पत्र सार्वजनीक गर्ने तयारी गरेको गठबन्धन दलहरुले आर्थिक सुशासनका साथै कृषिलाई पनि प्राथमिकतामा राखेका छन् । यहाका अधिकांश वासिनदाहरु कृषि पेशामा संलग्न छन् भन्दै भण्डारी भन्नुहुन्छ– कृषिलाई आधुनिक र व्यवसायीक बनाउनु पर्नेछ ।

यहा रहेको एतिहासिक र धार्मिक क्षेत्रको विकास गरि पर्यटन व्यवसाय बढाउने, फोहोर व्यवस्थापन गरि सुन्दर नगर बनाउने, पनौती नगरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहल गर्ने, भुगोल र वडा अनुसार छुट्टाछुट्टै विकासका परियोजना सञ्चालन गर्ने, एकिकृत खानेपानिको व्यवस्थापन गर्ने जस्ता महत्वपुर्ण कार्यहरुमा आफुहरुले ध्यान दिने भन्दै गठबन्धनका नेताहरुले मत मागिरहेका छन् ।

गुणस्तरीय शिक्षा र स्वास्थ्य यहाको प्रमुख आवश्यक्तालाई पुरा गर्न सुविधा सम्पन्न ननर अस्पताल निर्माण र सामुदायीक विद्यालयहको स्तरोन्नती गठबन्धन पार्टीहरुले एजेण्डा बनाएका छन् । स्वरोजगार सृजना गर्नुपर्ने, वयवस्थित वस्ति विकास गर्नु पर्ने भन्दै मेयरका उम्मेद्वार भण्डारीले पनौती नगर त्रि रहेको विभिन्न क्षेत्रका विज्ञहरुको समुहले बनाएको गुरु योजना अनुसार वार्षिक क्यालेण्डर बनाएर काम गर्ने बताउनु भएको छ ।

कांग्रेस पनौती नगरका कार्यवहाक सभापति श्रीराम थापाले मत माग्ने क्रममा पनौती नगरपालिका भित्र एमाले नेतृत्वले गरेको भ्रष्टाचारको कुरा पनि आम मतदाता समक्ष पु-याउनु बताउनु भएको छ । हालै सम्पन्न मकर मेलामा दुई करोड रुपैया भन्दा बढी खर्च नभए पनि पनौती नगरपालिकाको कार्यकार पिदमा रहेकाहरुले आठ करोड रुपैया खर्च भएको देखाएर भ्रटाचार गरेको उहाँको भनाई थियो । क्षेत्रीय रंगशाला निर्माणमा जग्गा व्यवस्थापनमा पनि लाखौ रुपैया भ्रष्टाचार गरेको कारण अहिले पखरिद गरेको जग्गा मुद्धामा गएको पनि कार्यवहाक सभापति थापाको भनाई थियो ।