पतञ्जलीको योग जागरण समापनमा जनप्रतिनिधिलाई सम्मान

0
Shares

काभ्रे ।

पतञ्जली योग समिति बनेपा नगर समिति संयोजकत्वमा बैशाख १ देखि १४ गतेसम्म १४ वटै वडामा संचालन गरिएको योग जागरण समापन गरिएको छ । योग जागरण सचालन गर्ने योग शिक्षक, सह शिक्षक र योग समितिहरुलाई बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे र उपप्रमुख रेखा सापकोटा दाहाल, पतञ्जली योग समिति बामगती प्रदेश अध्यक्ष ग्रुवेन तौजले लगायतले सम्मान गर्नु भएको थियो ।

पतञ्जली योग समिति काभ्रेले बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ र उपप्रमुख रेखा सापकोटा दाहाललाई कार्यकालमा बनेपाको विकास र समृद्धीका लागि गरेको योगदानको स्मरण गर्दै सम्मान गरेको थियो ।

प्रमुख र उपप्रमुखद्धयलाई दोसल्ला र मायाको चिनो मार्फत सम्मान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख लक्ष्मी नरसिं बादेले बनेपा नगरपालिकाले पुर्वाधारको विकास सँगै मानविय विकासका लागि कार्य गरिरहेको बताउनु भयो । मोतियाविन्दुको निशुल्क अप्रेसन, स्वास्थ्य विमा, महिलाहरुको पाठेघरको परिक्षण लगायतका कार्य गरेको बताउँदै नगर प्रमुख बादेले पुर्वाधारमा नगरपालिकाले धेरै फड्को मारेको जानकारी गराउनु भयो ।

केहि कार्य शुरु भएको छ केहि सम्पन्न हुने चरणमा छन् । अधिकाशं कार्यहरु प्रतिवद्धता अनुसार भएको उहाँले बताउनु भयो । कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले बनेपाले सोचेको भन्दा धेरै विकासका कार्य भएको बताउनु भयो । पक्कि सडक, कृषि तथा पशुपालन, सिप विकास लगायतका अन्य क्षेत्रमा नगरपालिकाले गरेको विकास उत्कृष्ट रहेको उपप्रमुख सापकोटा दाहालले बताउनु भयो ।
पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले योगको माध्यमबाट समाजको रुपान्तरण सम्भव भएकाले योगलाई प्राथमिकतामा राख्न अनुरोध गर्नु भयो ।

बनेपा नगरपालिका भित्र विभिन्न राजनीतिक दलहरुबाट प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई ध्यानाकर्षण गराउँदै तौजलेले योगले मात्रै ब्यक्ति, समुदाय र राष्ट्रलाई परिवर्तन गर्न सम्भव भएको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, पतञ्जली योग समिति काभ्रेका पुर्व अध्यक्ष दमनकुमार श्रेष्ठ, बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, काभ्रे अध्यक्ष हरिशरण श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठ, प्रकाश कायश्थ, हिमानी श्रेष्ठ लगायतले योग मार्फत ब्यक्ति हुँदै परिवार र समाज परिवर्तनको अगुवाई भएको बताउनु भयो ।