स्टोक्स इंग्लिस टोलीका कप्तान


लन्डन, (एजेन्सी)
अलराउन्डर बेन स्टोक्स इंग्लिस टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । उनी इंग्ल्यान्डको टेस्ट टोलीका ८१औं कप्तान बनेका हुन् । पुरुष क्रिकेट टोलीका प्रबन्ध निर्देशक रोब के ले उनलाई कप्तानीमा सिफारिस गरेका थिए । यस प्रस्तावलाई इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले अनुमोदन गरेको थियो ।
स्टोक्सले जो रुटको स्थान लिनेछन् । रुटले अस्ट्रेलिया र वेस्ट इन्डिजको भ्रमणपछि यसै महिनाको शुरुमा कप्तानी छाडेका थिए । स्टोक्सले यसअघि सन् २०२० मा रुट अनुपस्थित हुँदा वेस्ट इन्डिजविरुद्ध टेस्ट क्रिकेटमा कप्तानी गरिसकेका छन् । यस्तै, रुटले गत वर्ष पाकिस्तानविरुद्धको तीन खेलको ओडिआईमा पनि कप्तानी गरेका थिए ।