बोलोग्नासँग इन्टर मिलान स्तब्ध


लन्डन । 

इन्टर मिलान इटालियन सिरी ‘ए’ लिगमा बोलोग्नासँग स्तब्ध भएको छ । शुरुवाती अग्रता जोगाउन नसक्दा शीर्ष स्थानको दौडमा रहेको इन्टर मिलान इटालियन सिरी ‘ए’ मा स्तब्ध बनेको हो ।

इन्टर मिलान घरेलु टोली बोलोग्नासँग २–१ ले पराजित भएको हो । बोलोग्नामा बुधबार राति भएको खेलमा इन्टर मिलानलाई स्तब्ध पार्न घरेलु टोलीका मार्काे अर्नाउटोभिक र निकोला सानसोनले गोल गरे । इन्टर मिलानका इभान पेरिसिसको गोल सान्त्वना फर्काए । खेलको तेस्रो मिनेटमा नै इभान पेरिसिसको गोलबाट इन्टरले शुरुवाती अग्रता लिन सफल भएको थियो । उनले निकोला बरेल्लाको पासमा गोल गर्न सफल भएका थिए । तर, इन्टरले त्यो अग्रतालाई जोगाउन सकेन ।

एक गोलले पछि परेको बोलोग्नाले सम्हालिएर खेल पस्कँदै २९औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । मार्काे एर्नाउटोभिकले मुसा बारोको पासमा हेडर गोल गर्न सफल भएका थिए । त्यसपछि, दोस्रो हाफको अन्त्यतिर निकोला सानसोनले गोल गर्दै इन्टर मिलानलाई स्तब्ध पारे । यो हारसँगै इन्टर मिलानको ३४ खेलबाट ६२ अंक रहेको छ । इन्टर मिलानलाई हराएको बोलोग्ना भने ४२ अंक भएको छ ।