शाान्ति सुरक्षा मजबुत बनाइने



बैतडी  । 

बैतडी र दार्चुलाका जिल्लाको अन्तरजिल्ला सुरक्षा समन्वय बैठकले शाान्ति सुरक्षा मजबुत बनाउने निर्णय गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखेर दुवै जिल्लाका अधिकारीबीच बलाँचमा मंगलबार बैठक बसेको थियो ।

बैठकमा स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसँगको समन्वय लगायतका विषयमा बैठकमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । यस्तै, असल अभ्यास आदान–प्रदान, विपद् व्यवस्थापन, अवैध हातहतियार नियन्त्रण, लागूऔषध नियन्त्रण, वनपैदावार चोरी निकासी नियन्त्रण, वन्यजन्तु चोरी शिकारी नियन्त्रणका विषयमा पनि बैठकमा छलफल भएको उहाँको कथन छ ।

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, दार्चुला प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र दुवै जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्