सल्यानका पाँच स्थानीय तहमा पुरानै अनुहार



 सल्यान

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सल्यानका १० पालिकामध्ये ५ वटा पालिकामा प्रमुख÷अध्यक्ष उपाध्यक्ष ७ जना जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन् । जसमा ५ स्थानीय तहका मेयर तथा अध्यक्ष उपाध्यक्षमा दुवै जना उम्मेदवार बनेका हुन । कालीमाटी गाउँपालिकामा एमालेबाट अध्यक्ष दानबहादुर खत्री र एमालेबाटै उपाध्यक्षमा सन्सिला वली डिसी पुनः उम्मेदवार बनेका छन् ।

यस्तै कपूरकोट गाउँपालिकामा अध्यक्षमा एमालेबाट भीमबहादुर सेन, दार्मा गाउँपालिकामा माओवादी केन्द्रबाट नीमवहादुर केसी, सिद्ध कुमाख गाउँपालिकामा एकीकृत समाजवादीबाट मानबहादुर चलाउने र उपाध्यक्षमा एमालेबाट पुष्पा बोहरा उम्मेदवार बनेका छन् ।सिद्ध कुमाख गाउँपालिकामा २०७४ सालको स्थानीय तहमा निर्वाचनमा दुवै जना नेकपा एमालेबाट निर्वाचित भएका थिए । एमाले विभाजन भएपछि

अध्यक्ष मानबहादुर चलाउने एकीकृत समाजवादी रोज्नुभएको थियो भने उपाध्यक्ष पुष्पा बोहरा एमालेमै रहनुभएको थियो ।यस्तै, नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्दकुमार पुन पनि २०७४ सालको स्थानीय निर्वाचनमा वनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थियो भने उहाँ पुनः. एमालेबाटै मेयरको उम्मेदवार बन्नु भएको छ ।

यस्तै, नेपाली कांग्रेसबाट त्रिवेणी गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएकी करुण खड्काले स्वतन्त्रमा उम्मेदवारी दिनुभएको छ । आफूले उपाध्यक्षमा निर्वाचित भएदेखि गर्दै आएका अपूरा अधुराकाम पूरा गर्नका लागि पार्टीसँग फेरी पनि टिकट माग्दा पार्टीले आफूलाई बेवास्ता गरेकाले स्वतन्त्रबाट उम्मेदवारी दिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो – ‘पार्टीले मैले गरेको कामको मूल्याङकन गर्ला गनेर टिकट मागेको थिए आफूले गर्नुपर्ने काम धेरै थिए त्यसैले टिकट माग तर पार्टीले मलाई टिकट दिएन त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिएकी छु ।’

प्रतिक्रिया दिनुहोस्