विद्युतीय राहदानीका लागि आवेदन शुरू


काठमाडौं । 

बेल्जियमस्थित नेपाली दूतावासले बुधबारदेखि विद्युतीय राहदानीका लागि आवेदन लिने कार्य शुरू गरेको छ ।

दूताबासले बुधबार जारी गरेको विज्ञप्तिमा राहदानीका लागि आवेदन दिँदा नै दूताबासमा फारम बुझाउने मिति र समय छनोट गर्न सकिने व्यवस्था रहेको र पूर्व निर्धारित मिति र समयमा प्रिन्ट गरिएको बारकोडसहितको फारम अनिर्वाय रूपमा लिएर मात्र लाइभ इनरोलमेन्टका लागि दूताबास आउन सूचित गरिएको छ ।

यसअघि झण्डै साढे २ महिनाअघि मलेसियास्थित नेपाली दूताबासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरू गरेको थियो । मलेसियासँगै कतार, साउनी अरबको रियादस्थित दूताबास र साउदीको जेद्दास्थित महावाणिज्य दूताबासबाट विद्युतीय राहदानी वितरण शुरू भइसकेको छ ।