गोदरेजको ब्रान्ड एम्बेस्डर बलिउड स्टार खुराना


काठमाडौं ।

गोदरेज ग्रुपको प्रमुख कम्पनी गोदरेज एन्ड बायसले आफ्नो व्यावसायिक इकाई गोदरेज एप्लायन्सेसका लागि बलिउड अभिनेता आयुष्मान खुरानालाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ ।

गोदरेज एप्लायन्सेसमा रेफ्रिजिरेटर, एयर कन्डिसनर, वासिङ मेसिन, डिसवासर, माइक्रोवेभ ओभन र एयर कुलरजस्ता थुप्रै उत्पादन रहेका छन् ।एप्लायन्सेस क्षेत्रले आगामी महिनाहरूमा मागमा व्यापक वृद्धि हुने अनुमान गरिरहेको छ ।

आफ्नो विविध अभिनयका लागि परिचित र राष्ट्रिय चलचित्र पुरस्कारसहित धेरै पुरस्कारबाट सम्मानित अभिनेताले अप्रिलदेखि गोदरेज ब्रान्डका विभिन्न अभियानमा संलग्न हुनुभएको छ ।ब्रान्ड एम्बेस्डर नियुक्त गर्ने निर्णयको बारेमा टिप्पणी गर्दै, गोदरेज एप्लायन्सेसका बिजनेस हेड र कार्यकारी उपाध्यक्ष कमल नन्दीले भन्नुभयो– ‘बढ्दो मागसँगै हामीले हाम्रो ब्रान्ड रिकललाई पनि बलियो बनाउन चाहन्छौं ।’

हाम्रो सावधानीपूर्वक मूल्याङ्कनले हामीलाई आयुष्मान खुरानामा पु-यायो जसले ब्रान्ड भ्यालु बढाउन प्रभावकारी भूमिका खेल्न कम्पनीले दाबी गरेको छ ।