कराते प्रशिक्षक पुरीप्रति श्रद्धाञ्जलि



 काठमाडौं  ।

कराते सहायक प्रशिक्षक दिनेश पुरीको निधनमा बुधबार राष्ट्रिय खेलकुद परिषद्मा श्रद्धाञ्जलि सभाको आयोजना गरी स्वर्गीय पुरीप्रति श्रद्धाञ्जलि अर्पण गरियो ।

राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, राखेप राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई लगायत प्रशिक्षक र कर्मचारीहरूले स्व. पुरीको तस्वीरमा अबिर तथा फूल चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए । पुरीको चिरशान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।

२०६१ भाद्र १ गते परिषद्को सेवामा प्रवेश गरेका पुरी सुर्खेत जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए । क्यान्सर रोगसँग जुधिरहेका स्व. पुरीको ५१ वर्षको उमेरमा २०७९ वैशाख २ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्