कांग्रेस पनौतीको भण्डारी जिताउ अभियान


काभ्रे ।

नेकपा माओबादी केन्द्र र एकिकृत समाजवादी वीच भएको चुनावी तालमेल अनुसार पनौती नगरपालिकाको प्रमुखमा नगर सभापति रामशरण भण्डारीले उम्मेदवारी दिए संगै कग्रेस कार्यकर्ताहरुले चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् ।

यस अघि नेकपा एमालेले विजयी हासिल गरेको पनौती नगरमा यस पटक काग्रेसको सत्ता ल्याउने रणनीतिका साथ नगरभित्र रहेको १२ वटै वडाका कार्यकर्ताहरु सक्रियताका साथ मतदाताको घरदैलो पुगिरहेका छन् । यस पटक प्रत्येक वडामा चारवटा भन्दा बढी टोल समिति समेत गठन गरेको काग्रेसका २ हजार ६ सय भन्दा बढी क्रियाशिल सदस्य काग्रेस नेतृत्वको गठबन्धनलाई विजयी गराउन क्रियाशिल छन्

गठबन्धनमा नेकपा (एकिकृत समाजवादी) का नेता छवि हुमागाईले पनौती नगरको उपप्रमुखमा उम्मेदवारी दिनु भएको छ । वडामा सबै दलले उम्मेदवारी दर्ता गराएपनि नगर प्रमुख र उपप्रमुख भने एकसाथ भोट माग्न मतदाताको घरदैलो धाइरहेका छन् ।

गुणस्तरीय शिक्षा स्वास्थ्य, व्यवस्थित वसपार्क निर्माण, त्रिवेणी घाटको स्तरोन्नती, सम्पदाको संरक्षण, प्राकृतिक स्रोतको संरक्षण र उपयोग, आधुनिक र व्यवसायिक कृषि, सिचाई, खानेपानि, नगरपालिका भित्र मौलाएको भष्ट्राचार नियन्त्रण जस्ता एजेण्डाका साथ मतदाताको घरदैलोमा पुगिरहेको बताउदै काग्रेस नेतृ अञ्जु रञ्जित भन्नुहुन्छ– २०७४ सालको निर्वाचन हामिले जित्न सकेनौ, त्यतिवेला नेपाली काग्रेसले गरेको प्रतिवद्धता पनि अब जितेर पुरा गर्नुपर्ने छ ।

पनौतीमा काग्रेस नेतृत्वलाई चुनाव जित्न अब कसैले पनि रोक्न नसक्ने भन्दै पनौती काग्रेसका नेता प्रदिप बोगटीले भन्नुभयो– सबै वडामा काग्रेस एकतावद्ध भएर चुनावी मैदानमा होमिएको छ ।