कांग्रेस नेता प्रकाशमानकी पत्नी सिर्जना सिंहद्धारा काठमाडौं मेयरको उम्मेदवारी दर्ता

0
Shares

काठमाडौं ।

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेकी छन् ।

आज (सोमबार) दिउँसो राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।

सत्तारूढ गठबन्धनको भागमा काठमाडौं महानगर कांग्रेको भागमा परेको थियो । उपमेयर भने सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले रामेश्वर श्रेष्ठलाई बनाएको छ ।