देशका सबै महानगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार फाइनल : कुन महानगरमा कसको उम्मेदवारी दर्ता ?


काठमाडौं ।

पाँच दलीय सत्ता गठबन्धन दलहरुले महानगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएका छन् । ललितपुर र विराटनगर महागरपालिकामा नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो (सोमबार) बिहान बसेको संसदीय समितिको बैठकले काठमाडौंको मेयरमा श्रृजना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उठाउने निर्णय गरेको हो ।

यससँगै गठबन्धनको तर्फबाट मेयरमा लड्ने सबै दलले उम्मेदवार टुङ्ग्याएका छन् । गठबन्धनबाटै भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र पोखराको मेयरमा नेकपा (एकीकृत समाजवादी)बाट धनराज आचार्य उम्मेदवार रहेका छन् ।

यस्तै वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनको साझा उम्मेदवारका रुपमा जसपाका राजेशमान सिंह रहेका छन् ।