गठबन्धन दलको प्रतिष्ठाको महानगर ‘भरतपुर’ : जहाँ प्रतिपक्षी एमालेका सुवेदी बने मेयरको उम्मेदवार

0
Shares

काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिकालाई गठबन्धन दलको प्रतिष्ठा रूपमा हेरिएको छ । सोही महानगरपालिकामा प्रतिपक्षी दल नेकपा (एमाले)ले  विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

सुवेदीले मेयरमा उम्मेदवारी दिन केही दिनअघि प्रदेश सभाको सदस्य पदबाट राजीनामा दिएका थिए । भरतपुरको उपमेयरमा एमालेले राप्रपासँग तालमेल गरेको छ ।

तालमेलका आधारमा राप्रपाले उपमेयरमा उम्मेदवारी दर्ता गर्नेछ । यद्यपि उसले हालसम्म उम्मेदवारी दर्ता गराएको छ ।