बालुवाटार बैठकको निर्णय : गठबन्धनको निर्णयअनुसार उम्मेदवार दर्ता गराउन निर्देशन

0
Shares

काठमाडौं ।

केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले मनोनयन दर्ताका लागि गठबन्धनले गरेको निर्णय अनुसार नै गर्नुपर्ने नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।

बैठकले उम्मेदवारलाई निर्वाचित गराउनका लागि आआफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘पाँच दलको भावना र मर्म अनुसार अगाडि बढ्ने र काहीँ आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने कुरा भयो,’ उनले भने, ‘जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरुलाई अगाडी बढाएर आज पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ ।’

पार्टीहरुमा योगदान गरेका धेरै व्यक्तिहरु भएको र उनीहरु आकांक्षी हुनु स्वाभाविक भएको उनले बताए । तर पार्टीको निर्देशन सबैले मान्नुपर्ने उनले बताए ।